बेलायतबाट आएका चितवनका दुई जनामा कोरोनाको संक्रमण, पुनः परीक्षणका लागि स्वाब टेकु पठाइयो

५ वैशाख, चितवन । चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो ।

Advertisement

पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ । उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएको अस्पताललाई बताएका छन् ।

अहिले दुबै जना भरतपुर अस्पतालको आइसोलेसनमा छन् । जसमा एक महिला र एक पुरुष छन् । उनीहरूसँगै आइसोलेसनमा बसेका एकै परिवारका अर्का सदस्यको भने नतिजा नेगेटिभ आएको छ ।

Advertisement

उनलाई केहीबेरमा अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । आइसोलेसनमा रहेका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top