कोरोनाका कारण राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

५ वैशाख, काठमाडौं ।
राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

Advertisement

कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालु आर्थिक वर्ष २०७६/०७७ को कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा ९ करोड ५० लाख संघीय संचित कोषमा जम्मा हुने कुरा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top