खान नपाए खाद्यान्न पुर्‍याउनू ,हिँडेर गाउँ जान नदिनू : प्रधानमन्त्री

५ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् ।

Advertisement

शुक्रबार बालुवाटारमा मन्त्रिपरिषदका सदस्य, उच्चस्तरीय समन्वय समिति र सीसीएमसीका सदस्यसहित विशेष बैठकमा  कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न र्पुयाउने व्यवस्था गर्न भनेका हुन् ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएका थिए ।त्यस्तै बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि २४ दिन अघिदेखिको लकडाउनको कार्यान्वयनको विषयमा समीक्षात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Advertisement

छलफलमा प्रधानमन्त्री केपी ओली, कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै समिति सदस्य, सीसीएमसीका सदस्यसहितका पदाधिकारी सहभागी थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top