नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण भेटियो

५ वैशाख, काठमाडौं ।
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । शुक्रबारमात्रै उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यसअघि उनीहरुमा पीसीआर पोजेटिभ देखिएपछि पुष्टि गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । उदयपुरमा भेटिएका मध्ये ८ जना भारतीय नागरिक हुन् ।यस्तै दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

यसअघि १६ जना कोरोना संक्रमित भएकोमा अब भने संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top