आजका प्रमुख खबरहरुः
१.(नयाँ भेटिएनन्)
पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयको भनाई /देशभर २४ हजार २ सय ५३ वटा परीक्षण/ ४ हजार ६ सय ७ क्वारेन्टाइनमा रहँदा आइसोलेसनमा ९० जना ।
२.(२ जिल्ला छुटे)
देशभर १४ ठाउँबाट पीसीआरबाट परीक्षण जारी /७५ वटा जिल्लामा आरडिटी परीक्षणको व्यवस्था /करिब ७० हजारको संख्यामा ¥यापिड किटहरु प्रदेशमा पठाईएको स्वास्थ्य मन्त्रालयको भनाई ।
३.(प्रधानमन्त्रीको निर्देशन)
अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन /कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न र्पुयाउने व्यवस्था गर्न आग्रह ।
४.(कोरोनाको गन्थन)
परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा मन्त्रीहरुको ब्रिफिङ /छात्रवृत्तिमा अध्यनरत सवै निजी सरकारी स्वास्थ्यकर्मीलाई परिचालन गर्ने सरकारको तयारी ।
५.(जनशक्ति थपियो)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ३४ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाइयो /सरकारी छात्रवृत्तिमा बढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटाइएको स्वाथ्य मन्त्रालयको भनाइ।
६.(जनप्रतिनिधीको चासो)
पूर्वाधारको रकम कोरोना भाइरस नियन्त्रणको लागि प्रयोग गर्न नहुने भन्दै सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण /टाढाटाढाका सहरहरुबाट ल्याउन नसकेपनि सीमामा आइसकेका मान्छेहरुलाई देशमा ल्याएर व्यवस्थापन गर्न माग ।
७.(भित्रियो संजिवनी)
गैरसरकारी क्षेत्रबाट अर्डर भएका मेडिकल सामग्री लिएर नेपाल एयरलाइन्सका दुई वाइडबडी विमान चीनबाट काठमाडौं आइपुग्यो /कुल २७ दशमलव ६ टन सामग्री आइपुग्यो/ अझै एउटा कार्गो उडान गर्ने गरी सामग्री ल्याउन बाँकी ।
८.(ओम्नीमाथि किन दया ?)
ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालिले सम्झौता बमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेपनि कार्यान्वयनमा आएन/ ओम्नीलाई जोगाउन चलखेल सुरु भएको आशंका ।
९.(मालपाएर के गर्नु ?)
वीरगञ्जमा कोभिड–१९ परीक्षण गर्न दिएको पीसीआर मेसिन दुईदिनदेखि नारायणी अस्पतालमा थन्किँदा कोरोना परीक्षण हुन सकेन /पीसीआर मेसिन चलाउने आर्थिक व्ययभार अस्पतालले मात्र थेग्न नसक्ने नारायणी अस्पतालको भनाई ।
१०.(कमिशनखोरीका कुरा)
महाकाली अस्पतालकालागि भेन्टिलेटर लगायत काउपकरण खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा कागजपत्र अख्तियारको नियन्त्रणमा /अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रक्रियामा अनियमितताको आशंका ।
११.(शोकमाथिको पीडा)
भारतको क्वारेन्टाइनमा किरिया बसेका दार्चुलाका वासुदेव भट्ट अझै स्वदेश फर्किन सकेनन् /आमाको किरिया बसेका भट्टलाई घर ल्याउन गृह मन्त्रालयले निर्देशन दिएपनि दिल्लीबाट आदेश नआएपछि दाह संस्कारसमेत गर्न पाएनन् ।
१२.(मर्म बुझेको बेलायत)
काठमाडौंमा अलपत्र परेका विदेशीहरुका लागि बेलायती दुताबासले झिकाएको चार्टर उडान दुबई हुँदै लन्डनका लागि उड्यो/बेलायतसहित १९ मुलुकका ५ वालवालिकासहित २ सय २८ यात्रुको उद्दार ।
१३.(नकाटिने इन्टरनेट)
लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन/ लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी नभएपनि सेवा अवरुद्ध नगर्न सुझाव /अनलाइन माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन आग्रह।
१४.(नाकाको आयात)
लकडाउनमा पनि नेपालगन्जमा भारतबाट आयातमा निरन्तरता /२० दिनको अवधिमा ६४ करोड ६५ लाख बढीको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात ।
र,
१५.(डेढ लाखको आकडाँ)
कोरोना महामारीका कारण विश्वभर अहिलेसम्म १ लाख ४७ हजार बढीको मृत्यु /२१ लाख ९३ हजार बढी संक्रमित/ ५ लाख ५५ हजार बढी निको भएर घर फर्किए /चीनमा मृतकको संख्या ४ हजार ६ सय ३२ पुग्यो ।