दक्षिण कोरियामा पहिलो पटक १० जनाभन्दा कममा नयाँ संक्रमण

६ बैशाख ७७, आइतबार

७ वैशाख, एजेन्सी ।
दक्षिण कोरियामा कोरोना संक्रमणको दर ओरालो लाग्दो देखिएको छ ।

पछिल्लो दुई महिनायता पहिलो पटक १० जना भन्दा कममा नयाँ संक्रमण पुष्टि भएको छ । शनिबार ८ जनामा मात्रै कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको दक्षिण कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले उल्लेख गरेको छ । अहिलेसम्म दक्षिण कोरियामा कुल संक्रमितको संख्या १० हजार ६६१ पुगेको छ ।

गएको फेब्रुअरी १८ यता दक्षिण कोरियामा दैनिक १० जना भन्दा कममा नयाँ संक्रमण पुष्टि भएको थिएन । शनिबार दक्षिण कोरियामा कोभिड–१९ बाट थप दुईजनाको मृत्यु भएको छ । योसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या २३४ पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top