डीडीसीको दूध कर्णालीमा रोक, बाँके र बर्दियाका किसान प्रभावित

६ बैशाख ७७, आइतबार

७ वैशाख, बाँके ।
दुग्ध विकास संस्थान (डीडीसी) को दूध कर्णाली प्रदेश प्रवेशमा रोक लगाइएपछि बाँके र बर्दियाका किसान प्रभावित हुन पुगेका छन् ।

दुग्ध उत्पादक किसानले बिक्री नभएर सडकमै दूध पोख्‍न थालेपछि बाँके, बर्दियालगायत जिल्लामा मिल्क होलिडे हटाउँदै नयाँ बजारको खोजीमा संस्थानले शुक्रबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगरको औद्योगिक क्षेत्रस्थित सुर्खेत डेरीलाई दूध बेच्‍न लागेको थियो ।

संस्थानको कोहलपुरस्थित नेपालगन्‍ज दुग्ध वितरण आयोजनाबाट सुर्खेत लैजाँदै गरिएको चार हजार ७५० लिटर दूध बबईबाट प्रवेशमै रोक लगाइएको आयोजना प्रमुख योगेन्द्र साहले बताए । उनले प्रवेश रोक लगाएसँगै त्यसको मार किसानलाई परेको उल्लेख गरे ।

Advertisement

कर्णाली प्रवेशद्वार बबईमा तैनाथ सुरक्षाकर्मीले प्रदेश सरकारको दुग्धजन्य पदार्थ आयात गर्न नदिने भन्‍न आदेश छ भनी रोकेको साहले बताए । ‘‘स्वदेशमै उत्पादन भएको कृषि उपजलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान कतै प्रतिबन्ध लगाइएको छैन तर सुर्खेतमा बेच्‍न लैजाँदै गरेको दूध रोकियो,’’ उनले भने ।

कृषि उपज दूध तथा दुग्ध पदार्थ संकलन, ओसारपसार तथा बिक्रीवितरण निर्वाध रुपमा देशैभरि गर्न पाइने संघीय सरकारको नीति, नियम र कानुन छ । संघीय सरकारको कानुनसँग बाझिने गरी कर्णाली प्रदेशले दूध तथा दुग्ध बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउनु नेपालको संविधान र कानुनविपरीत रहेको साहको भनाइ छ ।

Advertisement

आयोजना प्रमुख साहले सुर्खेतमा दूध बिक्रीमाथि लगाइएको रोकबारे संस्थानको द्रुत कार्य समूहलाई जानकारी गराइसकिएको जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिव डा. हरिबहादुर केसीसहित तीन सदस्यीय द्रुत कार्य समूह गठन गरी अत्यावश्यक खाद्यवस्तुअन्तर्गत दूध ढुवानी सहज गर्न आग्रह गरिएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्री वितरण प्रभावित भएपछि यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्‍न बाध्य छन् । यहाँको ठूलो परिमाणमा दूध संकलन गरी बिक्री–वितरण गर्दै आएको संस्थानको कोहलपुरस्थित नेपालगन्‍ज दुग्ध वितरण आयोजनाले बन्दाबन्दीपछि दूध संकलनमा ५० प्रतिशत कटौती गरेको छ ।

दुग्ध वितरण आयोजनाले दैनिक १३ हजार लिटर दूध खरीद गर्ने गरेकामा बन्दाबन्दीपछि घटाएर ६ हजार लिटर संकलन गर्ने गरेको आयोजना प्रमुख साहले जानकारी दिए ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top