कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

६ बैशाख ७७, आइतबार

७ वैशाख, इलाम ।
इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो । लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए ।

गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो । सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ ।

साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ । (रासस)

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top