१ सय ८० बोतल अवैध मदिरा बरामद

७ बैशाख ७७, सोमबार

८ वैशाख, मोरङ ।
आज विहानै मोरङ प्रहरीले अवैध मदिरा बरामद गरेको छ ।

Advertisement

रतुवामाई नगरपालिका–४ मसानघाटमा २ वटा साईकलमा अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा कणार्ली नाममा प्याक भएको ३०० मि.लि.का दरले १८० बोतल मदिरा प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा झुर्किया प्रहरीचौकीबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ अवैध कारोबारीहरु मदिरा सडकमै छाडी दुवै साईकल लिई तत्कालै भागेका थिए । फरार अभियुक्तहरुको खोजी कार्य भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top