मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण भएको हल्ला मात्र होःउत्तर कोरिया

८ बैशाख ७७, मंगलबार

९ वैशाख, एजेन्सी ।
दक्षिण कोरियाली एक रिपोर्टले यसै महिनाको सुरुमा मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली नेता किम जोङको उपचार जारी रहेको जनाएको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर यस्तो अनुमान गरिएको हो।

उत्तर कोरिया समर्थकहरूले संचालन गर्दै आएको डेली एनके वेभसाइटका अनुसार अप्रिल १२ मा किम मुटुको उपचारका लागि अस्पताल भर्ना भएका थिए। सो वेबसाइटका अनुसार किम हाल पूर्वीय तटमा रहेको ह्यासाङ स्थित माउन्ट कुमगाङ रिसोर्टमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।

Advertisement

दक्षिण कोरियाको एकिकरण मन्त्रालयले भने यसमा कुनै टिप्पणी दिन अस्वीकार गरेको छ। एकिकरण मन्त्रालयले अन्तर–कोरियाली मामिलाहरू सम्हाल्दै आइरहेको छ। दैनिक धुम्रपान, मोटोपन र अधिक कामका कारण किमको स्वास्थ्य केही महिना यता बिग्रिएको डेली एनकेले जनाएको छ।

रिपोर्ट अनुसार अप्रिल ११ मा किम सार्वजनिक रूपमा अन्तिम पटक देखा परेका थिए। सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरोको बैठकको अध्यक्षता पछि उनी अस्पताल प्रस्थान गरेको बताइन्छ। यसैगरी अमेरिकी संचारमाध्यम सिएनएनले आफ्नो समाचारमा मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण रहेको जनाएको छ।

Advertisement

उसले आफ्नो समाचारमा किमको स्वास्थ्य गम्भिर भएपनि त्यो कति गम्भिर छ भन्ने बारेमा केही जानकारी प्राप्त हुन नसकेको जनाएको छ। यसैगरी सिएनएनसँगको कुराकानीमा उत्तर कोरियाका लागि सिआइएका पूर्व उप–प्रमुख ब्रुस क्लिङ्गरले यसअघि पनि कयौं पटक किम र उनको पिताको स्वास्थ्यलाई लिएर सार्वजनिक भएका खबरहरू हल्ला प्रमाणित भएकाले सत्यतथ्यका लागि पर्खनुपर्ने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top