×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

९ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(थपिए संक्रमित)
मंगलबार उदयपुरका ९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुग्यो /५ जना निको भएर घर फर्किए / ३५ जनाको उपचार हुँदै ।

Advertisement

२.(पछिल्ला विवरण)
अहिलेसम्म देशभर ३६ हजार ७ सय १९ वटा कोरोनाको नमुना परीक्षण /देशभर नै क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ६७ जना पुग्यो/१ सय ७ जना आइसोलेसनमा ।

३.(लकडाउनको दैनिकी)
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको २९ औं दिन पूरा /अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द /दैनिक जनजीवन प्रभावित ।

४.(भ्रमको भूमरीमा मस्जिद)
देशभरका मस्जिद र मदरसाहरुमा अनुगमन थालियो /कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह /कोही छुटेको भए जानकारी गराउन मुस्लिम आयोगको अपिल ।

५.(जनप्रतिनिधीको बेईज्जत)
चार वर्ष पूरानो कुहिएको राहत वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ / गुणस्तरहीन राहत वितरण गरेको घटनामा संलग्न अन्य वडाध्यक्षसहित ८ जना पनि प्रहरी नियन्त्रणमा ।

६.(गुणस्तरमा सम्झौता नगर्नुस्)
खाद्य वस्तुको गुणस्तरमा कुनै शंका लागे तुरुन्त सम्पर्क गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आग्रह /काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढीबाट खाद्य वस्तुको गुणस्तर परीक्षण हुने ।

७.(खोई त सचेतना?)
पूर्वी नवलपरासीको कावासोतीमा क्वारेन्टाइनबाट तीन जना फरार /नगर प्रहरी र जनप्रतिनिधिको लापरबाहीको कारण कवारेन्टाइनमा बसेका युवा भागेको भन्दै तत्काल खोजी गरेर स्वास्थ्य जाँच गर्न स्थानीयको माग ।

८.(राष्ट्रपति विरूद्धको रिट)
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश सर्वोच्च अदालतद्वारा फाँटबाटै फिर्ता /अधिवक्ता शैलेन्द्र हरिजनको राष्ट्रपति विरूद्धको रिट दर्ता हुँदैन भनेर फर्काएको सहप्रवक्ता देवेन्द्र ढकालको भनाई ।

९.(उद्योगीको हराएको मानवता )
इँटा उद्योगमा काम गर्दागर्दै मृत्यु भएका मजदुरको शव गाड्ने धनुषाका इँटा उद्योग सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी पक्राउ /४० बर्षीय मजदुरको चुँडिएको विजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि पोष्टमार्टम नगराई जमिनमा गाडेको प्रहरीको भनाई ।

१०.(कांग्रेसको खबरदारी)
सोमबार जारी भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै तत्काल फिर्ता लिन नेपाली कांग्रेसको माग /लकडाउनको समयमा मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको धारण ।

११.(तरुणको ताकत)
सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने नेपाल तरुण दलको चेतावनी /राष्ट्रपतिबाट पारित भएको अध्यादेश संविधानको मर्म विपरित, नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको ठहर ।

१२.(बोले गोविन्द केसी)
बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउने व्यवस्था गर्न प्रा. डा. गोविन्द केसीको माग / लकडाउनका कारण मानिसहरु अस्पतालै नआई गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बस्नु परेको भन्दै सरकारी गाडीहरुको व्यवस्था गर्न अपिल ।

१३.(सेनाले गरी छाड्यो)
नेपाली सेनाद्वारा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा /२ अर्ब २६ करोड बढीको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरु आउँदै ।

१४.(लकडाउनले नछोएको काम)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम लकडाउनमा पनि जारी/सामान ढुवानीको अवस्था सहज भए वैशाख भित्र नै काम सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गर्ने लक्ष्य ।

Advertisement

र,
१५.(आजको अपडेट)
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म १ लाख ७१ हजार बढीको मृत्यु/ २४ लाख ९७ हजार बढी संक्रमित /६ लाख ५६ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top