सर्लाहीमा लकडाउन उल्लंघन गर्दै स्थानीयले असई कुटे

९ बैशाख ७७, बुधबार

१० वैशाख, सर्लाही ।
सर्लाहीको राजघाट स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विकरु मण्डल स्थानीय युवा समूहको कुटाईबाट घाईते भएका छन्।

मोबाईल चोरी भएको उजुरी आएपछि चौकी नजिकैको गाउँमा पुगेका मण्डलमाथि लकडाउन उल्लंघन गर्दै जम्मा भएका स्थानीयले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

मंगलबार राती ९ बजे तिर एक प्रहरी जवानसँगै गाउँ पुगेका प्रहरी सहायक निरीक्षक मण्डलले धेरै भिडभाड नगर्न भनेर सम्झाउने क्रममा स्थानीय बासिन्दासँग भनाभन भएको र विवाद बढ्दै गएपछि मदिरा सेवन गरेर मातिएका स्थानीय बासिन्दाको समूहले कुटपिट गरेको बताईएको छ।

कुटपिटमा संलग्न भएको आरोपमा राती नै स्थानीय तीनजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। टाउकोमा चोट लागेर घाईते भएका प्रसनि मण्डलको हरिवन स्थित नमूना अस्पतालमा उपचार भईरहेको छ।

राती नै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्याय नेतृत्वको टोली घटनास्थल पुगेर असई मण्डलको उद्दार एवं कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएको थियो।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top