डिएसपीमाथि ब्यारेकभित्रै कुटपीट, दुई इन्स्पेक्टर नियन्त्रणमा

१० बैशाख ७७, बिहीबार

११ वैशाख, रुपन्देही ।
सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी मानबहादुर शाहीमाथि व्यारेकभित्रै कुटपीट भएको छ ।

रुपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाही माथि ब्यारेककै प्रहरी निरीक्षकद्धय केशव भट्टराई र दयाराम पौडेलले कुटपीट गरेका हुन्। ब्यारेक बाहिरबाट मादक पदार्थ सेवन गरी मंगलबार साँझ डिएसपीमाथि कुटपीट गरेको सशस्त्र प्रहरी कार्यालय स्रोतले जनाएको छ।

सशस्त्र प्रहरीले ब्यारेकमा मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरु ब्यारेकबाहिर निस्केर मादक पदार्थ सेवन गरी व्यारेक प्रवेश गरेका थिए। ब्यारेक भित्र मादक पदार्थ खाएर आउन पाइदैन भन्ने थाह छैन भनेर डिएसपीले सम्झाउँदा उनीमाथि हातपात भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बल मूख्यालयले उनीहरुलाई नियन्त्रणमा लिएर कारवाहीको थालेको छ। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रवीण श्रेष्ठले डिएसपीमाथि हातपात भएको खबर आएको र हातपात गर्ने प्रहरी अधिकारीलाई कारवाहीको प्रकृया अघि बढाइएको जानकारी दिए।

उनले ब्यारेकबाहिर गएर मादक पदार्थ खाएर डिएसपीमाथि हातपात गरेका कारण उनीहरुलाई कारवाही प्रकृया अघि बढाइएको बताए। हातपात गर्ने प्रहरी निरीक्षक पौडेल भने यसअघि पनि आफ्नै महिला सहकर्मीलाई हातपात गरेको अभियोगमा कारवाहीमा परेका थिए।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top