अन्तिम समयमा रोकियो समाजवादी पार्टीको विभाजन

११ बैशाख ७७, बिहीबार

११ वैशाख, काठमाडौँ ।
अन्तिम समयमा आएर समाजवादी पार्टी तत्कालका लागि विभाजनबाट रोकिएको छ।

Advertisement

समाजवादीका सात भन्दा बढी सांसदले ४० प्रतिशत पुर्याएर नयाँ दल दर्ता गर्ने प्रयास गरे पनि अन्तिम समयमा पछाडि हेटेका हुन्। समाजवादीका सांसदले बिहीबार दल विभाजनका लागि निवेदन दिने तयारी गरे पनि नेताहरुको आग्रहमा तत्कालका लागि रोकिएको विभाजनको पक्षमा रहँदै आएका सांसद प्रदिप यादवले संचारमाध्यमलाई जानकारी दिए।

उनले भने, ‘हामी तत्काल पार्टी विभाजन नगर्ने निर्णय रोकेका छौं। पार्टीभित्र र बाहिरबाट आएको आग्रहलाई मान्दै आफ्ना असन्तुष्टि आन्तरिक रुपमै राख्ने निष्कर्षमा पुगेका छौं।’ समाजवादीका अध्यक्षहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतले रातभरी विभाजनलाई रोक्न दौडधुप गरेका थिए।

Advertisement

समाजवादीबाट रेणु यादव, महोमद इस्तियाक राई, विमल श्रीवास्तव, सुरेन्द्र यादव, प्रदीप यादवलगायत सांसद विभाजनको पक्षमा उभिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी विभाजनका लागि हर संभव प्रयास जारी राखेका छन्।

दल विभाजन गर्न खुकुलो हुने गरी अध्यादेश जारी भएपछि केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए दल विभाजन गर्न पाइनेछ। संघीय संसदमा १७ सिट रहेको समाजवादी विभाजन गर्नका लागि ७ सिट चाहिने र त्यो संख्या पुगे पनि चर्को दबाबपछि उनीहरु पछि हेटेका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top