दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(थपिए संक्रमित)
थप दुईजना कोरोना संक्रमित थपिए/उदयपुर र जनकपुरमा दुईजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो/सनसिटीका दुई जना डिस्चार्ज भएसंगै निको हुनेको संख्या ९ पुग्यो ।

२.(देशभरको तथ्याङ)
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ वटा नयाँ परीक्षण/देशभर १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा /८६ जना आइसोलेसनमा ।

३.(साझा वहस)
कोरोना केन्द्रित सार्क राष्ट्रस्तरिय स्वास्थ्य राज्यमन्त्रीहरुबीच भिडियो कन्फ्रेन्स/कोभिड—१९ नियन्त्रण सम्बन्धि सार्क क्षेत्रमा भएका क्रियाकलापहरुको समिक्षा र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिकहरुको विषयमा छलफल ।

४.(आफै पिडा नबढाऔं)
सरकारले घोषणा गरेको लकडाउनको आज एक महिना पूरा /लकडाउनको समयमा पनि उपत्यका छाडेर बाहिरिनेको संख्यामा भने कमि आउन सकेन /सवारी साधन बन्द भएपनि हिडैरै गन्तव्य जानेहरुको संख्या अत्याधिक ।

५.(पछि परे प्रधानमन्त्री)
पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी /अध्यादेश फिर्ता लिनुको विकल्प नरहेको पुष्पकमल दाहालको भनाई ।

६.(आमाको सम्झना)
आज वैशाख कृष्ण पक्ष औँसी अर्थात जन्मदिने आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्व देशभर मनाइयो /आमा नभएकाले सिदा दानसहित भोजन गराउने चलन/ लकडाउनका कारण मातातीर्थ मेला स्थगित ।

७.(सम्झनाको लोकतन्त्र)
आज वैशाख ११ अर्थात १४ औँ लोकतन्त्र दिवस /तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिएपछि तत्कालीन सात दलको आन्दोलनपछि संसद पुनःस्थापना भएको दिन / लकडाउनका कारण कुनै औपचारिक कार्यक्रम भएन ।

८.(फुट कि जुट ?)
आफू कुनैपनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईको भनाई /पार्टीभित्र फरक मत रहने वित्तीकै पार्टी विभाजन नै हो भन्ने बुझाई नराख्न आग्रह ।

९.(जन्मियो पार्टी)
राजपा नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता /दुई पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने राजेन्द्र महतोको भनाई ।

१०.(अपहरण होइन रे)
आफू अपहरणमा नपरेको समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको प्रतिक्रिया / आफू अपहरणमा परेको भन्ने हल्ला गलत भएको र पार्टी फुटाउन आफूले कसैसँग कुराकानी नगरेको दाबी ।

११.(दबाब कि सहयोग ?)
सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति / उपाध्यायलाई झुटा आरोप लगाई पक्राउ गरिएको भन्दै विनासर्त रिहा गर्न नेपाल तरुण दलको माग ।

१२.(दूतावासको अग्रसरता)
साउदीमा समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण र समस्या टिपाउन साउदीमा रहेको नेपाली दूतावासको अनुरोध /साउदीमा समस्या पर्ने हरेक नेपालीको समस्या समाधानमा कुनै कसर बाँकी नराखेको दूतावासको भनाई ।

१३.(रेमिट्यान्समा भर नपरौं)
कोरोना भाइरसको महामारीका कारण विश्वभरकै रेमिट्यान्समा झण्डै २० प्रतिशतले कमी आउने विश्व बैंकको प्रक्षेपण /बैंकका अनुसार मध्यम र निम्न आय भएका देशहरुमा रेमिट्यान्स १९ दशमलव ७ प्रतिशतले घट्ने ।

१४.(लकडाउन नहटाईयोस्)
कोभिड–१९ लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको भनाई/अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा संक्रमण चेतावनी /लकडाउन हटाइँदा संक्रमणको आगो पुनः सल्किने ।

र,
१५.(आजको डाटा)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म एक लाख ८५ हजार बढीको मृत्यु/ २६ लाख ५६ हजार बढी संक्रमित / ७ लाख २९ हजार बढी निको भएर घर फर्किए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.