पौडी खेल्न गएका तीन बालकको मृत्यु

११ बैशाख ७७, शुक्रबार

१२ वैशाख, बाँके ।
बाँकेको बैजनाथ गाउँपालिका २, पितमारीस्थित तीन बालकको नालामा  डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो पौडी खेल्न गएका तीनैजना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा पितमारीकै १२ वर्षीय नरेश कुँवर, १२ वर्षीय नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ । प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top