झापाको मेचीनगर–३ का जनता शव जलाउने घाटको पानी खान बाध्य

१५ चैत ७४, शुक्रबार

झापा, चैत १६
झापापाको मेचीनगर–३ तिम्सिनेबासी वर्षौदेखि शव जलाउने घाटको पानी खान बाध्य भएपनि अहिलेसम्म कसैको ध्यान जान सकेको छैन । मेचीनगर नगरपालिका क्षेत्र भित्र पर्ने सो गाउँमा खानेपानीको संकट बर्षौंदेखीको हो ।

Advertisement

वि.सं. २०२१ सालमा सो गाउँमा बस्ती बसेपनि हाल सम्म पनि शुद्ध खानेपानीको व्यवस्था हुन सकेको छैन । दुई दर्जन घरपरिवार बसोवास गर्दै आएको सो गाउँका बासिन्दा अहिले पनि निन्दा खोलाको घाट आसपासबाट पानी ल्याएर खाने गरेका छन् ।

नगरपालिका क्षेत्रमा पर्ने भएपनि हाल सम्म सो क्षेत्रको खानेपानीको समस्यामा कुनै सुनुवाई नभएको स्थानियको गुनासो रहेको छ । मेचीनगरको सोही वडाका भावना चौक, पहलेधाप, डाडाँगाउँमा समेत खानेपानीको समस्या छ । ती सबै क्षेत्रहरुमा खानेपानी पु¥याउन पहल भइरहेको मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेतले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top