आजका प्रमुख खबरहरुः
१.(थपघटको डाटा)
आइतबार वीरगञ्जका थप २ जना र झापामा एक जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो/वीरगञ्जकै ४ जना संक्रमित निको भएर घर फर्किए /घर फर्किनेहरुको संख्या १६ ।
२.(परीक्षण बढ्दै)
आइतबारसम्म मुलुकभरबाट ५१ हजार ३ सय ६७ वटा कोरोनाको नमुना परीक्षण /देशभर १७ हजार २५ जना क्वारेन्टाइनमा / १ सय १० जना आइसोलेसनमा ।
३.(होइन रहेछ कोरोना)
र्या्पिड टेस्टमा तीनपटक कोरोनाविरूद्धको एन्टिबडी देखिएकी वीरगन्जकी ब्लड क्यान्सरकी बिरामी मृतक २३ वर्षीया युवतीको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ /आइसोलेसनमा राख्ने तयारी गर्दैगर्दा मृत्यु भएकी युवतीको परिवार क्वारेन्टाइनमा ।
४.(प्रदेश सरकारको प्रयास)
प्रदेश १ सरकारद्धारा धरानस्थित वीपी प्रतिष्ठानमा १ सय बेडको कोभिड १९ अस्पताल सञ्चालनमा / सो अस्पताललाई ५ सय बेडसम्म पुर्याउन सकिने /यो सँगै प्रदेश १ मा धरान र विराटनगर गरी २ सय बेडको कोभिड १९ अस्पताल संचालनमा ।
५.(पर्यटकको पिडा)
लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन चिनियाँ पर्यटकहरुको आग्रह /नेपालका विभिन्न ठाउँमा ४ सय बढी पर्यटकहरु अलपत्र /चार्टर उडानको पहल गरिदिन माग ।
६.(राजनीतिक दाउपेच)
राजपा र समाजवादी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोक्न निर्वाचन आयोगमा निवेदन/दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधान विपरित भएको युवा संघको आरोप ।
७.(उजुरीमा आनाकानी)
समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादवको अपहरणविरुद्धको उजुरी लिन महानगरीय प्रहरी परिसर टेकुद्वारा आनाकानी /नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरीको तयारी ।
८.(एसइईको तयारी)
लकडाउन अन्त्यको दुई सातापछि स्थगित भएको एसइई सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी /नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गृहकार्य जारी ।
९.(अब कुरा बुझ्नुस्)
पूर्वसचिव भीम उपाध्यायमाथि सरकारी वकिलको कार्यालयद्वारा साइबर अपराधको मुद्दा दर्ता / उपाध्यायमाथि सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा ५ वर्ष कैद सजायको माग दाबी ।
१०.(प्रवासको मरण)
कोरोना भाइरसबाट विदेशमा ४९ जना नेपालीहरुको मृत्यु /१९ सय बढी संक्रमित / विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको गैरआवासीय नेपाली संघको भनाई ।
११.(दूतावासको भरोसा)
नेपालीहरुको गुनासा सुन्नका लागि साउदीस्थित नेपाली दूतावासले छुट्टै टेलिफोन सेवा सञ्चालन गर्ने / सोमबारदेखि समस्या टिपाएर समस्या समाधानमा सहयोग गरिदिन दूतावासको आग्रह ।
१२.(छानविन नडग्मगाओस्)
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिद्वारा छानबिन सुरु /स्वास्थ्य सामग्री खरिदसम्बन्धि कागजात ७ दिनभित्र बुझाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन ।
१्र३.(अग्रवालको कसुर)
थर्मल गनको कालोबजारी गरेको अभियोग लागेका सुलभ अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण लगायतको कसुरमा मुद्दा चलाइने /१५ लाख बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पदका आधारमा थप डेढी सजाय माग ।
१४.(हिमपहिरोको पिडा)
अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा पुरिएर बेपत्ता भएका ७ जना मध्ये दुई जना कोरियनको शव फेला /हराएका ४ कोरियन र १ नेपालीको अझै खोजी कार्य जारी ।
र,
१५.(बढेको बढै)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ३ हजार बढीको मृत्यु/ २९ लाख ३३ हजार बढी संक्रमित / ८ लाख ३९ हजार बढी निको भएर घर फर्किए ।