कोरोनाका कारण उत्पनन मानसिक तनाव कम गर्न बेलायतले इंग्लिस प्रिमियर लिग चाँडै सुरु गर्ने

कोरोनाका कारण उत्पनन मानसिक तनाव कम गर्न बेलायतले इंग्लिस प्रिमियर लिग चाँडै सुरु गर्ने

१५ बैशाख, एजेन्सी । बेलायत सरकारले कोरोना भाइरसका कारण मानसिक तनाव कम गर्न इंग्लिस प्रिमियर लिग चाँडै सुरु गर्ने बताएको छ ।
हाल कोरोनाका कारण लकडाउनमा रहेका जनताले प्रिमियर लिग सुरु भएमा मानसिक रुपमा राहत महसुस गर्ने बताए ।

कोरोनाका कारण मार्च १३ ताखिरबाट प्रिमियर लिग स्थगित रहेको छ । यो सिजन सुचारु गर्नका लागि आयोजकले बन्द रंगशालामा लिग गराउने योजना बनाएको छ । तर त्यसका लागि सरकारको अनुमति चाहिने भएकाले प्रिमियर लिगले औपचारिक निर्णय गर्न सकेको छैन ।

बेलायत सरकारले आइतबारमात्र यो विषयमा बैठक गरेर निर्णय गर्ने बताएको छ । प्रिमियर लिगका प्रमुखले बन्द भएपछिको लिगलाई सुरु गर्न जुन आठ तारिखको समय तोकेका छन । जसका लागि उनले तथष्ट मैदानमा गर्ने बताएका छन ।

प्रिमियर लिगले क्लबहरुलाई मुख्य रंगशालाको सट्टा प्रशिक्षण मैदान वा तथष्ट मैदानमा खेलाउन सकिने बताएको छ । खेलाडीलाई लिग सुचारु हुनुभन्दा ६ साता अगाडी देखि होटेलमा राखिनेसक्ने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.