इजरायलमा कोरोनाको सङ्क्रमण फैलिन थालेपछि दश लाख बढी बेरोजगार थपिए

१६ बैशाख, एजेन्सी । इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि दश लाखभन्दा बढी बेरोजगार थपिएका छन् ।

इजरायली रोजगार सेवा (आइईएस)ले दिएको जानकारीअनुसार अहिलेसम्म दश लाख ११ हजार २०५ जना बेरोजगार भएका हुन् । यो विवरण यही मार्च १ यताको भएको अधिकारीहरुले बताएका छन् ।

त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएका थिए । आइतबार मात्रै त्यहाँ ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन् ।

Advertisement

इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ । त्यसमध्ये अप्रिल ५ देखि अहिलेसम्म निवेदन दिएकामध्ये आइतबारको संख्या सबैभन्दा धेरै हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top