यूईएफएले आफ्ना ५५ सदस्य राष्ट्रहरुलाई ४.३ मिलियन युरोको दरले आर्थिक सहयोग गर्ने

१६ बैशाख, एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए) ले कोरोना भाइरसले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।

यूईएफएले आफूसँग आबद्ध ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

यूईएफएले आफ्ना सदस्य राष्ट्रलाई सहयोग गर्न २३६ दशमलव ५ मिलियन युरो निकासा गरेको जनाएको छ । यूईएफएको घोषणासँगै ५५ राष्ट्रले ४ दशमलव ३ मिलियन युरो पाउने भएका छन् ।

कोरोनाको महामारीपछि फुटबलमा आएको चुनौतीलाई सामना गर्न यस सहयोगले मद्दत पुग्ने यूईएफएले जनाएको छ । कोरोनाको कारण युरोपियन लिग ठप्प रहेको छ । नेदरल्यान्ड्सको डच लिग भने रद्द भईसकेको छ ।

यसअघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि कोरोना भाइरसबाट प्रभावित आफ्ना सदस्य राष्ट्रका लागि आर्थिक सहयोगको घोषणा गरिसकेको छ । फिफाले हरेक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर दिने बताएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top