×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उच्च निगरानी

१६ बैशाख २०७७

१६ वैशाख, रुपन्देही ।
बन्दाबन्दीपछि नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च निगरानी बढाएको छ ।

सरकारले सीमाक्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्देशनपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको हो । भारतीय सीमा क्षेत्रसँंग जोडिएको प्रदेश नं ५ का जिल्लामा पनि सशस्त्र प्रहरी बल परिचालन भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यस प्रदेशमा करीब ७ हजार सशस्त्र प्रहरी बल परिचालन भएको बताउँदै सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सीमा क्षेत्रमा करीब ३५० जाँचचौकी स्थापना गरिएको जानकारी दिए । “प्रदेश ५ मा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा सशस्त्र प्रहरी बल बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयनमा खटिएको छ”, प्रवक्ता श्रेष्ठले भने ।

सीमाक्षेत्रमा अस्थायी चौकी निर्माण गरी बलले सुरक्षा दिनाका साथै नियमित मोटर पेट्रोलिङसमेत गरिरहेको छ । कोभिड–१९ को लडाइँमा सशस्त्र प्रहरीले सीमा क्षेत्रदेखि गाउँगाउँसम्म पुगेर जनतालाई सचेतना दिलाउँदै सरकारले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गरेको प्रदेश नम्बर ५ सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म सूचना शाखाले जनाएको छ ।

प्रदेशका १२ जिल्लामध्ये ६ जिल्ला भारतीय सीमासँंग जोडिएकाले यस क्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा रोक्ने काम पनि सशस्त्र प्रहरीले गरिरहेको ३८ गुल्मले जनाएको छ । खुला सीमाका कारण चोरी, तस्करी तथा सीमा अपराधले बढावा पाएको नेपाल भारत सीम क्षेत्रमा अहिले व्यापक रुपमा बल परिचालन भएपछि नियन्त्रण भएको छ ।

सीमाक्षेत्रमा हाल खटिएका सशस्त्र प्रहरी बललाई निरन्तरता दिनुपर्ने स्थानीवासीको माग छ । उनीहरुलाई प्राविधिक रुपमा समेत सक्षम बनाएर सधैँका लागि सीमामा खटाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । रुपन्देही सीमाक्षेत्रका बासिन्दा रमेश थापा अब सशस्त्र प्रहरीलाई अहिले जस्तै व्यवस्था गरी सीमा क्षेत्रमा खटाइनुपर्ने सुझाव दिन्छन् ।

सीमामा स्वचालित सेनेटाइज टनेल

नेपालको दोस्रो ठूलो भन्सार नाका बेलहियामा स्वचालित सेनेटाइज टनेल मेसिन जडान गरिएको छ । करीब रु दुई लाखको लागतमा भैरहवा क्षेत्रमा रहेका लायन्स क्लबको लगानीमा स्वचालित सेनेटाइज टनेल मेसिन जडान गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

भन्सारमा आउने भारतीय कन्टेनर चालक, सहचालक र भारतीय क्वारेन्टाइनमा बसेर नेपाल प्रवेश गर्ने मानिसलाई ध्यानमा राखी सेनेटाइज टनेल मेसिन जडान गरिएको आयोजक संस्था क्लबका विनोद खरेलले जानकारी दिए ।

सीमा क्षेत्रमा सेनेटाइज टनेल मेसिन जडान गरिएपछि नेपाल भारतमा हुने सुरक्षाकर्मीको आवतजावतलाई सुरक्षित बनाउने र भन्सार क्षेत्रमा दैनिक काम गरिरहेका कर्मचारी तथा स्थानीयवासीलाई सहयोग पुग्ने सशस्त्र प्रहरी बल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको सीमा क्षेत्रमा अहिले सेनेटाइज टनेल मेसिन जडान भएपछि आसपासमा बसोबास गर्ने मानिसले समेत खुशी व्यक्त गरेका छन् ।(रासस)

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top