हिमपहिरोमा बेपत्ता थप एक कोरियन नागरिकको शव फेला

हिमपहिरोमा बेपत्ता थप एक कोरियन नागरिकको शव फेला

१६ बैशाख, काठमाडौँ । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाको हिङकु केभ इलाकामा हिमपहिरोमा बेपत्ता भएका थप एक कोरियन नागरिकको शव भेटिएको छ ।

गत माघ ३ गते हिमपहिरो जाँदा तीन नेपाली गाइड र चार कोरियन नागरिक बेपत्ता भएका थिए। त्यसमध्ये दुई कोरियन नागरिक र दुई नेपाली नागरिकलाई सेनाले यस अघि नै उद्धार गरिसकेको छ ।

नेपाली सेनाका अनुसार कोरियन नागरिकको शव पोखरास्थित पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनी अन्तर्गत सेकेन्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले सोमबार फेला पारेको हो ।

उक्त शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ । सेनाले बाँकी रहेका एक कोरियन र एक नेपाली नागरिकको खोजी कार्यलाई जारी राखेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.