दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(थपिए संक्रमित)
मंगलबार रौतहटका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुग्यो /अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किए ।

२.(परीक्षणको आँकडा)
अहिलेसम्म ५४ हजार ८ सय २६ परीक्षण/देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा/१ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको भनाई ।

३.(कैदीबन्दीको चिन्ता)
विदेशमा अलपत्र हजारौं नेपाली कामदारहरुको तत्काल उद्दार र समस्या समाधान गर्न राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई निर्देशन/कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरू रहेका कारण संक्रमण हुन गएमा स्थिति भयावह हुन सक्ने चेतावनी ।

४.(दर्तामा अड्को)
जिल्ला सरकारी वकिल कार्यालयद्वारा समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्ने जाहेरी राजनीतिक विषय भएकाले दर्ता गर्न अस्वीकार/बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई भष्मासुर भनेको भन्दै नेकपाका कार्यकर्ताहरु कारवाहीको माग गर्दै पुगे वकिलको कार्यालय ।

५.(अन्तवार्ताको तरङ)
जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग लिइएको अन्तवार्ताको बिषयमा रेडियो नेपालसँग सञ्चार मन्त्रालयले माग्यो स्पष्टीकरण/तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र आइन्दा अतिथि निम्त्याउँदा विचार र्पुयाउन सचेत ।

६.(चोरीको चर्चा)
चितवनको भरतपुर कोरोना अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री कर्मचारीलेनै चोरी गरेपछि छानबिन समिति गठन /चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अस्पतालमा अख्तियारको छापा /आर्थिक अनियमितताको आशंका ।

७.(कामदारको कदर)
बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउने सरकारको तयारी/आफ्नै खर्चमा जान इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध ।

८.(कानुनको बाटो खुला)
लकडाउन लम्बिँदै गएपछि मंगलबारदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता र सुनुवाइ खुला / सेवाग्राही, कानुन व्यवसायीले सुरक्षाका उपाय अपनाउनुपर्ने / पुराना रिटको सुनुवाइ हुने र निर्णय भने नहुने ।

९.(कुरै त होला ?)
आगामी वर्षको बजेट मार्फत १ लाख फुस् र खरका छाना विस्थापित गरिने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको भनाई /उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने वैकल्पिक चक्रपथ अन्तरगत नयाँ सहर निर्माण गरिने ।

१०.(बजेटको सुरसार)
गतवर्षका योजनाहरुलाई निरन्तरता दिनेगरी बजेट प्रस्ताव आएपछि शहरी विकासमा नयाँ योजनाहरु थप नहुने /एक निर्वाचन क्षेत्रमा एक योजना पर्ने गरी बजेट प्रस्ताव गर्नुपर्ने सांसद्हरुको सुझाव ।

११.(पहिरोले पुरेकाहरु)
कास्कीको अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरोमा बेपत्ता भएका थप एक कोरियन नागरिकको शव फेला / बाँकी एक कोरियन र एक नेपाली नागरिकको खोजी कार्यलाई जारी ।

१२.(दूतावासको पहल)
बेलायतमा रहेका नेपाली समुदायमा कोरोनाले पारेको प्रभावबारे नेपाली राजदूतावासद्वारा बेलायती सरकारलाई अवगत / भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायतमा यथाशिघ्र सहयोगका लागि आग्रह ।

१३.(भान्सा रित्तो तरकारी कुहियो)
लकडाउनमा अत्यावस्यक वस्तु एवं कृषि उत्पादनको ढुवानी सहज बनाउने बताएपनि किसानहरु भने आफ्नो उत्पादन विक्री नभएर समस्यामा /तरकारी बिक्री नहुँदा खेतमै कुहिएपछि लाखौंको नोक्सानी ।

१४.(कहिले हुन्छ अन्त्य ?)
कोरोना महामारीको अन्त्यबाट विश्व अझै निकै टाढा रहेको विश्व स्वास्थ्य संगठनको भनाई / भाइरसका कारण सामान्य स्वास्थ्य सेवा र बालबालिकाहरूले खोप लगाउन नपाएर मृत्यु बढेकोमा चासो व्यक्त ।

र,
१५.(नयाँ डाटा)
कोरोना भाइरस महामारीका कारण विश्वभर हालसम्म २ लाख १२ हजार बढीको मृत्यु /संक्रमितको संख्या ३० लाख ८० हजार नाघ्यो /९ लाख २९ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top