मापदण्ड विपरीत खोलानालामा बालुवा गीटि उत्खनन् भएकोमा विरोध

१७ चैत ७४, शनिबार
Share this
663shares

इलाम, चैत १७
मापदण्ड विपरीत इलामका खोलानालामा बालुवा गीटि उत्खनन् भएकोमा स्थानीय ले विरोध गरेका छन् । झापा जिल्ला समन्वय समिति मार्फत ठेक्का लगाएर इलामका खोलामा स्थानीय तहको श्रोत गुम्ने गरी बालुवा गिटी उत्खनन् गरिएको छ ।

Advertisement

इलाम चुलाचुलीमा पर्ने रतुवा खोलाबाट दैनिक डेढ सय ट्रिपर बालुवा गिटि निकासी हुने गरेको छ । रतुवा, विरिङ र मावा खोला उत्खनन् भैरहँदा इलामका स्थानीय निकायले भने आफूले आम्दानी लिन नपाएको गुनासो गरेका छन् ।

इलाम र झापा जिल्लाका स्थानीय तहका पदाधिकारीबीच गत फागुन २६ गते सीमाना यकिन गरी ठेक्काको श्रोत उपलव्ध गराउने सहमति भएपनि कार्यान्वयन हुन सकेको छैन ।

Advertisement

चुरे क्षेत्रमा उत्खनन्ले वातावरणीय क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । नदि उत्खननले वर्खामा स्थानीयले बाढि पहिरोको समस्या झेल्नु पर्ने स्थिति छ ।

स्थानीय बासीन्दाले बाढिले बगाएको आफ्नो नम्बरी जग्गामा समेत बलर्पुवक उत्खनन् गरिएको बताएका छन् । झापा जिल्ला समन्वय समितिले चालु आर्थिक वष रतुवा, मावा र विरिड. खोलाको गिटि बालुवालाई १३ करोड रुपैयाँमामा ठेक्का लगाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top