दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(थपिए संक्रमित)
बुधबार नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखियो/संक्रमितको संख्या ५७ पुग्यो/विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १—१ जना उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य ।

२.(पछिल्लो डाटा)
अहिलेसम्म देशभरी ५७ हजार १ सय ८९ जनाको नमुना परीक्षण /मुलुकभर २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा /८७ जना आइसोलेसनमा उपचाररत ।

३.(बहराइनले मन पोल्यो)
विदेशमा १९ सय बढी नेपाली कोरोना संक्रमित भएको तथ्याकं बाहिर आइरहेका बेला बहराइनमा थप ७७ जना नेपालीमा कोरोना संक्रमण /बहराईनमा मात्रै ८ जनाको मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो ।

४.(फोहोरी खेल)
सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेसँगै गणितिय जोडघटाउ सुरु /संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर /सिद्ध गर्न ८८ सांसदको आवश्यकता ।

५.(विपक्षी रणनीति)
बजेटबारे छलफल गर्न ढिला हुने भन्दैसंसद बैठक डाक्न नेपाली कांग्रेसको सरकारसँग माग / कोरोना संक्रमण संकट रोकथामका लागि सरकारले प्राथमिकता नदिएको भन्दै कांग्रेसले प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने ।

६.(अधिवेशनको तयारी)
संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी / संसद सचिवालयले पनि कोभिड–१९को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता ।

७.(लकडाउनको असर)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको आज ३७ औं दिन /देशभरका जनजीवन प्रभावित /लकडाउनले निरन्तरता पाए अटोमोबाइल्स क्षेत्र धारासायी हुने व्यवसायीको चिन्ता ।

८.(रोकियो उडान)
नेपाल एअरलाइन्सको बिहीबार दक्षिण कोरियाको लागि हुने उडान स्थगित /सबै यात्रुको बृहत् स्वास्थ्य जाँच हुने र कुनै कैफियत नदेखिएका नेपाली मात्रै जान पाउन / नयाँ उडान तालिका छिटै सार्वजनिक हुने ।

९.(पाप करायो)
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा परासीका व्यवसायी पटवारी वनियाँ जेल चलान /वनियाँलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला न्यायाधीश ध्रवकुमार शाहको इजलाशको आदेश ।

१०.(अपराधको अर्काे ढोका)
थर्मल गनको कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवालको मुद्धा अब सम्पत्ती शुद्धिकरण विभागले पनि हेर्ने / अग्रवाललाई डेढ वर्ष कैद गरी १० लाख जरिवाना सहित मुद्दा दायर ।

११.(काम नरोकौं)
आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न संसदीय समितिको सरकारलाई निर्देशन /श्रमिकहरुको हितको लागि पनि निर्माण कार्य सञ्चालन गर्नुपर्नेमा जोड ।

१२.(वृद्धिदर खस्किने)
कोरोना महामारीले मुलुक लकडाउनमा जाँदा चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २ दशमलव २७ प्रतिशतमा झर्ने केन्द्रिय तथ्यांक विभागको भनाई /खासगरी सेवा क्षेत्रको वृद्धिदर नराम्रोसँग प्रभावित ।

१३.(भन्सारमा नो टेनसन)
कोरोना महामारीका कारण मुलुक लकडाउनको अवधिमा रहेपनि ठूलो परिमाणमा विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी र फलफूल भित्रिँदै /लकडाउनको अवधिमा नाकाबाट ७१ करोड बढी मूल्यको खाद्य बस्तु भित्रियो ।

१४.(नेपालीका लागि पहल)
यूएईमा कार्यरत नेपालीलाई समस्यासहित चाँडो आफ्नो विवरण पेश गर्न नेपाली दूतावासको आग्रह /नेपाली दूतावास ओमानद्वारा नेपालीहरुको विवरण संकलन सुरु /दूतावासको वेवसाईटमा गएर वैयक्तिक विवरण दर्ता गर्न आग्रह ।

र,
१५.(पछिल्लो अपडेट)
विश्वभर कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ लाख १८ हजार बढीको मृत्यु/ ३१ लख ४९ हजार बढी संक्रमित / ९ लाख ६२ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top