आजका प्रमुख खबरहरुः
१.(थपिए संक्रमित)
बुधबार नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखियो/संक्रमितको संख्या ५७ पुग्यो/विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १—१ जना उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य ।
२.(पछिल्लो डाटा)
अहिलेसम्म देशभरी ५७ हजार १ सय ८९ जनाको नमुना परीक्षण /मुलुकभर २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा /८७ जना आइसोलेसनमा उपचाररत ।
३.(बहराइनले मन पोल्यो)
विदेशमा १९ सय बढी नेपाली कोरोना संक्रमित भएको तथ्याकं बाहिर आइरहेका बेला बहराइनमा थप ७७ जना नेपालीमा कोरोना संक्रमण /बहराईनमा मात्रै ८ जनाको मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो ।
४.(फोहोरी खेल)
सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेसँगै गणितिय जोडघटाउ सुरु /संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर /सिद्ध गर्न ८८ सांसदको आवश्यकता ।
५.(विपक्षी रणनीति)
बजेटबारे छलफल गर्न ढिला हुने भन्दैसंसद बैठक डाक्न नेपाली कांग्रेसको सरकारसँग माग / कोरोना संक्रमण संकट रोकथामका लागि सरकारले प्राथमिकता नदिएको भन्दै कांग्रेसले प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने ।
६.(अधिवेशनको तयारी)
संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी / संसद सचिवालयले पनि कोभिड–१९को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता ।
७.(लकडाउनको असर)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको आज ३७ औं दिन /देशभरका जनजीवन प्रभावित /लकडाउनले निरन्तरता पाए अटोमोबाइल्स क्षेत्र धारासायी हुने व्यवसायीको चिन्ता ।
८.(रोकियो उडान)
नेपाल एअरलाइन्सको बिहीबार दक्षिण कोरियाको लागि हुने उडान स्थगित /सबै यात्रुको बृहत् स्वास्थ्य जाँच हुने र कुनै कैफियत नदेखिएका नेपाली मात्रै जान पाउन / नयाँ उडान तालिका छिटै सार्वजनिक हुने ।
९.(पाप करायो)
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा परासीका व्यवसायी पटवारी वनियाँ जेल चलान /वनियाँलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला न्यायाधीश ध्रवकुमार शाहको इजलाशको आदेश ।
१०.(अपराधको अर्काे ढोका)
थर्मल गनको कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवालको मुद्धा अब सम्पत्ती शुद्धिकरण विभागले पनि हेर्ने / अग्रवाललाई डेढ वर्ष कैद गरी १० लाख जरिवाना सहित मुद्दा दायर ।
११.(काम नरोकौं)
आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न संसदीय समितिको सरकारलाई निर्देशन /श्रमिकहरुको हितको लागि पनि निर्माण कार्य सञ्चालन गर्नुपर्नेमा जोड ।
१२.(वृद्धिदर खस्किने)
कोरोना महामारीले मुलुक लकडाउनमा जाँदा चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २ दशमलव २७ प्रतिशतमा झर्ने केन्द्रिय तथ्यांक विभागको भनाई /खासगरी सेवा क्षेत्रको वृद्धिदर नराम्रोसँग प्रभावित ।
१३.(भन्सारमा नो टेनसन)
कोरोना महामारीका कारण मुलुक लकडाउनको अवधिमा रहेपनि ठूलो परिमाणमा विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी र फलफूल भित्रिँदै /लकडाउनको अवधिमा नाकाबाट ७१ करोड बढी मूल्यको खाद्य बस्तु भित्रियो ।
१४.(नेपालीका लागि पहल)
यूएईमा कार्यरत नेपालीलाई समस्यासहित चाँडो आफ्नो विवरण पेश गर्न नेपाली दूतावासको आग्रह /नेपाली दूतावास ओमानद्वारा नेपालीहरुको विवरण संकलन सुरु /दूतावासको वेवसाईटमा गएर वैयक्तिक विवरण दर्ता गर्न आग्रह ।
र,
१५.(पछिल्लो अपडेट)
विश्वभर कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ लाख १८ हजार बढीको मृत्यु/ ३१ लख ४९ हजार बढी संक्रमित / ९ लाख ६२ हजार बढी निको भएर घर फर्किए ।