×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

मन्त्रिपरिषद्को बैठकले गरेका मुख्य निर्णयहरु यस्ता छन्

१८ बैशाख २०७७

१८ बैशाख, काठमाडौँ ।
सरकारले महाकाली लोकमार्ग अन्तर्गत दार्चुला–टिकर सडक खण्डको ८७ किलोमिटर ट्रयाक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषदको जेठ १४ गतेको बैठकले कूल १ सय ३४ किलोमिटर मध्ये ठेक्का हुन बाँकी घाँटीबगर देखि टिकर खण्डको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

बिहीबार अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का बैठकका निर्णयहरु सार्वजनिक गर्दै उक्त सडक खण्ड नेपाली सेनाले निर्माण गर्ने बताएका हुन । यस्तै मन्त्रिपरिषद्ले सार्वजनिक खरिद नियमावलीको दशौं संशोधन समेत स्वीकृत गरेको छ । जसमा २०७६ जेठ २३ पछि २०७७ वैशाख १४ गते सम्म ठेक्का सम्झौता भई काम अघि नबढेका तर सम्पन्न हुन नसकेका आयोजनाहरुको हकमा २१ दिन भित्र म्याद थपको निवेदन दिई कार्य प्रगतिको आधारमा १ वर्ष समय थप गर्ने विषय संशोधन गरिएको मन्त्री खतिवडाले बताए ।

Advertisement
Advertisement

यसबाहेक हरित जलवायु कोष तथा विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा वन तथा वातावरण मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी ३९ दशमलव ३ मिलयिन अमेरिकी डलर अर्थात करिब ४ अर्ब ७९ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । त्यसका लागि अर्थ मन्त्रालयका सचिव वा सहसचिवलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै कोभिड–१९को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा सोको कारणबाट अर्थतन्त्रमा पर्नसक्ने क्षति न्यूनीकरण गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विहषयमा अर्थमन्त्रालयलाई स्वीकृति समेत दिएको छ । इपिएस प्रणालीबाट कोरिया काम गर्न जानेहरुलाई चार्टर्ट उडानबाट जान स्वीकृति दिने निणर्य समेत भएकोछ ।

यसबाहेक लोकसेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी काम अर्को व्यवस्था नहुँदा सम्मका लागि स्थागित गर्न आयोगलाई अनुरोध गर्ने निणर्य पनि मन्त्रिपरिषद्ले गरेको छ ।

Advertisement

संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओ एण्ड एम सर्भे अत्यावश्यक बाहेक अन्यको हकमा स्थगित गर्ने निर्णय पनि गरेको छ । यस्तै कोरोना भाइरस उपचारका लागि अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने आदेश २०७७, कोभिड–१९ युनिफाईड अस्पताल सञ्चालन आदेश, २०७७, कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top