१९ बैशाख, कपिलवस्तु । कपिलवस्तुमा एक वडाध्यक्षमाथि गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडाध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो। दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली हानेपनि उनलाई नलागेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।