कोरोना संक्रमित भेटिएपछि बाँकेमा लकडाउनमा थप कडाई

१८ बैशाख ७७, शुक्रबार

१९वैशाख, नेपालगञ्ज ।

नेपालगञ्जमा एक जना कोरोना संक्रमित भेटिएपछि बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रहरीले लकडाउनमा थप कडाई गर्दै औषधि पसल बाहेकका सबै पसलहरु बन्द गराएको छ। शुक्रबार बिहान १० बजेदेखि नै प्रहरीले खाद्यान्न पसलसमेत बन्द गराएको छ। कोरोना संक्रमित व्यक्ति र उनी पुगेको ठाउँको बारेमा जानकारी लिएर थप निगरानी बढाउने तयारी भएको छ।

Advertisement

लकडाउनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न सुरक्षा समितिको बैठकसमेत बसेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार नेपालगञ्जका ६० वर्षीय र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो।

नेपालगञ्जमा भेरी अस्पतालमा ‘पीसीआर’ जाँच शुरु भएपछि केही दिनयता कोरोना परीक्षणको गति बढाइएको छ। १७ गते नेपालगञ्जको एकलैनीस्थित मस्जिदमा लिइएको ११ जनाको स्याम्पलमध्ये ६० वर्षीय व्यक्तिमा कोरोना देखिएको हो। ती व्यक्ति त्यही मस्जिदमा बस्ने गर्दथे।

Advertisement

उनको विस्तृत विवरण लिने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए। कोरोना देखिएका उनलाई अहिले खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ।

वैशाख ७ गते भेरी अस्पतालमा ल्याब राखेपछि अहिलेसम्म १ सय ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ। ५१ जनाको रिपोर्ट आउन बाँकी थियो। त्यही मध्येमा एक जनामा कोरोना देखिएको हो। पछिल्लो समय नेपालगञ्जका विभिन्न मन्दिर तथा मस्जिदमा रहेका व्यक्तिहरुको स्याम्पल लिन थालिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top