×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अमेरिकी सरकारले दियो कोभिडविरुद्ध ‘रेम्डिसिभियर’ औषधि प्रयोग गर्ने र्स्वीकृति

२० बैशाख २०७७

२० वैशाख, एजेन्सी ।
कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ ।

जसलाई कोभिडविरुद्वको अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ । अमेरिकी संघीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय ‘द फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन’ (एफडीए)ले आपत्‌कालीन स्वीकृतिका रुपमा सो अनुमति प्रदान गरेको हो ।

Advertisement
Advertisement

कोभिड आतंकले आक्रान्त बनेको अमेरिकी पृष्ठभूमिमा सो एन्टिभाइरलको परीक्षण नतिजा सकारात्मक आएको बुधबार नै जनाइएको थियो । स्वीकृत लगत्तै यो ‘एन्टिभाइरल’ औषधिलाई इन्जेक्सनमार्फत बिरामीलाई दिइनेछ ।

यसअघि प्रयोग गरिँदै आएको औषधि ‘प्लेस्बो’ को पन्ध्र दिनको तुलनामा ‘रेम्डिसिभियर’ ले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ । यद्यपि यसले बिरामीको मृत्युदरलाई कति हदसम्म न्यूनीकरण गर्छ भन्ने स्पष्ट नभएको विज्ञहरुको भनाइ छ ।

क्यालिफोर्नियामा अवस्थित ‘गिलियाड साइन्स’ नामक औषधि कम्पनीले बनाएको सो औषधिले कोरोना भाइरसलाई नष्ट गर्ने बिरामीमाथिको परीक्षण उपचारमा देखिएको छ । कम्पनीले प्रारम्भिक रुपमा एक लाख ४० हजार बिरामीका लागि औषधि बनाएको छ ।

सुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमणमा यो औषधि पहिलोपटक बनाइएको थियो । तर इबोला संक्रमणमा यसले खासै प्रभाव गर्न नसकेको बिज्ञहरुको तथ्यांक छ । शुक्रबार ओझल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रेम्डिसिभियर’ ले अस्पतालमा भर्ना भइरहेका कोभिड–१९ का बिरामीहरुका उपचारमा महत्वपूर्ण हुने बताए ।

‘यो औषधिले आपत्कालीन रुपमा स्वीकृति पाउनु खुसीको विषय हो,’ राष्ट्रपतिले भने । सरुवा रोगसम्बन्धी अमेरिकी सरकारका प्रमुख विज्ञ डा. एन्थोनी फाउचीले परीक्षण नतिजाले उपचार विधिलाई आत्मसाथ गरे पनि कोभिड–१९ निर्मूल नै भइहाल्ने ग्यारेन्टी गर्न नमिल्ने बताएका छन् ।

Advertisement
Advertisement

पूर्ण उपचारका लागि भने भ्याक्सिन कुर्नुभन्दा अर्को कुनै विकल्प नभएको विज्ञहरुले बताउँदै आएका छन् । विश्वमै कोभिड–१९ बाट सर्वाधिक संक्रमित अमेरिकामा हालसम्म एघार लाख बढी संक्रमित भइसकेका छन् भने करिब ६४ हजारको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top