×

NEPAL TIMES UPDATES

Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026

९ को नुन ६० मा, नुन हो कि सुन हो ?

२० बैशाख २०७७

२० वैशाख, जाजरकोट ।
जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ ।

भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् ।

कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालिमाटी हुँदै बारेकोट दुवै ठाउँबाट खच्चड निर्वाधरूपमा चलिरहेका छन् । अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन् ।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ । स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलव्ध गराएको छैन ।

यता खच्चडमा नुन ल्याएर बजारमा लुकीछिपी बिक्री गर्ने नुनको मूल्य बारेकोटमा प्रतिकेजी रु ६० रहेको पाइएको छ । सदरमुकाममा प्रतिकेजी रु नौमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा रु ६० मा किनबेच भइरहेको छ । जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ ।

ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी रु नौमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । लकडाउनका कारण गाडी चल्दैनन्, प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ ।

दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ । बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा रु ५० र माथिल्लो भेगतिर रु ६० मा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ ।

सदरमुकाममा रु नौमा एक पोका पाइने नुन बारेकोटमा सात गुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट–५ पाखाका प्रेम शाहीले बताए । नुनको समस्या वर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए । केही समयअघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मूल्यमा नुन बिक्री गरेको फेला परेको थियो ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top