बालबिकास केन्द्रको रणनीति परिवर्तन गरिदै

१८ चैत ७४, आइतबार
Share this
751shares

इनरुवा, चैत १८
व्यवसायिक बन्दै गएको मन्टेश्वरी शिक्षा प्रतिको मोह घटाउन स्थानीय तहले बालबिकास केन्द्रको रणनीति परिवर्तन गर्ने भएको छ ।

Advertisement

 

बाल शिक्षाको प्रारम्भिक चरणलाई मध्यनजर गर्दै स्थानीय तहमा खुलेका बालबिकास केन्द्र बन्द हुने अवस्थामा पुग्दा मन्टेश्वरीका नाममा खुलेका संस्थाबिच अस्वस्थ प्रतिष्पर्धा बढ्नु सरकारी शिक्षाप्रतिको उपहास भएको सरोकारवालाहरुको ठहर छ ।

Advertisement

इनरुवा नगरपालिका वडा नम्वर ३ ले नगरकै पहिलो वडाका रुपमा बालबिकास केन्द्र सम्वन्धि नयाँ खाका बनाएर प्रारम्भिक शिक्षालाई सहज र विश्वसनिय बनाउने अभियानको सुरुवात गरेको छ ।

एमालेबाट निर्वाचित वडा अध्यक्ष कालुराम गुरुङले मन्टेश्वरी शिक्षा तर्फको आर्कषण घटाउँदै बालबिकास केन्द्र प्रतिको विश्वास बढाउने गरी काम थालिएको बताए ।

Advertisement

अन्य वडामा छलफलको क्रममा रहेका योजनालाई वडा नम्बर ३ ले भने कार्यान्वयनको चरणमा लगेको छ । ७ वटा बालबिकास केन्द्रलाई आवश्यकिय भौतिक तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएका वडाध्यक्ष गुरुङले उत्कृष्ठ कार्यसम्पादन मूल्याङकनका आधारमा केन्द्रसहित शिक्षिका र सम्वन्धित केन्द्रका अध्यक्षलाई पुरस्कृत गरिने समेत जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top