कुवेतमा थप ९ जना नेपालीमा संक्रमण पुष्टि, संक्रमितको संख्या ८४ पुग्यो

२२ वैशाख, एजेन्सी । कुवेतमा थप ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुवेतमा संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ ।

Advertisement

दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । कुवेतमा जम्मा ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

Advertisement

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top