२२ बैशाख, महोत्तरी । महोत्तरीमा अज्ञात रोगबाट १२ जनाको ज्यान गएपछि विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ ।
बर्दिबास नगरपालिका १२ र बर्दिबाससँगै सीमा जोडिएको भङ्गहा नगरपालिका ६ र ७ मा १२ जनाको ज्यान गएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौको टोली महोत्तरी पुगेर रोग बारेमा अनुसन्धान सुरु गरेको छ ।
विशेषज्ञ टोलीले स्क्रिनिङ र अनुसन्धानको काम थालेको र्यापिड रेस्पोन्स टिम कोभिड– १९ का स्रोत व्यक्ति गिरेन्द्र झाले जानकारी दिए । उनका अनुसार ज्यान गुमाएकामध्ये दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
अरु १० जनाको रिपोर्ट आउन बाँकी छ । घटनाबारे थप अनुसन्धान गर्न धरानबाट समेत विज्ञ टोली खटिनेछन् ।