अफगानिस्तानमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेको अनुमान

२२ बैशाख ७७, सोमबार

२२ वैशाख, एजेन्सी ।
अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले राजधानी काबुलमा परीक्षण गरिएका नमूनामध्ये झन्डै एकतिहाइमा कोरोनाभाइरस भेटिएको पुष्टि गरेको छ।

Advertisement

मन्त्रालयका अनुसार ५०० जनाबाट सङ्कलित नमूना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको हो। उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढाइदिएको पाइन्छ। ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था अझै स्पष्ट छैन।

केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए। अफगानिस्तानमा अहिलेसम्म २,७०० जना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन्।

Advertisement

अफगानिस्तानको  स्वास्थ्य मन्त्रालयका एक प्रवक्ताले भाइरस विस्तार रोक्न राजधानी काबुलका बासिन्दालाई घरभित्रै रहन भनिएको बताए।अफगानिस्तान लामो द्वन्द्वले थिलथिलो भएको देश हो। त्यसैले त्यहाँको स्वास्थ्य प्रणालीले ठूलो महामारीको सामना गर्न नसक्ने ठानिन्छ।

विशेषज्ञहरूले सङ्क्रमण अचानक ठूलो मात्रामा फैलिएमा त्यसले अफगानिस्तानको कमजोर स्वास्थ्य प्रणालीलाई तुरुन्तै निष्प्रभावी तुल्याइदिने चेतावनी दिएका छन्।

Advertisement

अन्तर्राष्ट्रिय सहायताको आग्रह

अफगानिस्तानमा पहिलो सङ्क्रमण इरानसँग सीमा जोडिएको हेरात प्रान्तमा फेब्रुअरी महिनाको अन्त्यतिर पुष्टि भएको थियो। एप्रिल महिनामा राष्ट्रपतिको कार्यालयमा कार्यरत केही दर्जन कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएको समाचार आएको थियो। सरकारले त्यसबारे कुनै टिप्पणी गरेको छैन।

सेभ द चिल्ड्रनले कोरोनाभाइरस सङ्कटका कारण खानेकुराको मूल्य निकै बढेपछि अफगानिस्तानमा ७० लाखभन्दा धेरै बालबालिका भोकमरीको जोखिममा रहेको चेतावनी केही दिनअघि दिएको थियो। उसको भनाइमा लकडाउनका कारण आपूर्ति व्यवस्थामा बाधा उत्पन्न भएपछि खाद्यपदार्थको मूल्य बढेको हो।

सहायता संस्थाहरूले तत्काल अन्तर्राष्ट्रिय सहयोग गर्न आग्रह गरिरहेका छन्। उनीहरूका अनुसार अफगानिस्तानमा महामारीको सबैभन्दा ठूलो प्रभावको कारण भाइरस नभई भोकमरी हुन सक्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top