लकडाउनको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

लकडाउनको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

२२ बैशाख, काठमाडौं । लकडाउनको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ ।

लकडाउनको समीक्षा गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सुरू भएको प्रधानमन्त्री कार्यायका सचिव नारायणप्रसाद बिडारीले बताए ।

आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार पार्ने बताइएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ ।

नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.