अपहरणको आरोप लागेका भिआईपी भन्छन्, ‘बाबुरामले फसाउन खोजे’

२२ बैशाख ७७, सोमबार

२२ बैशाख, काठमाडौं । सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफुहरुलाई फसाउन खोजिएको बताएका छन् ।

Advertisement

राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उनीहरुले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफुहरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन् । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपरहण गरेको भन्दै उजुरी दिएपछि उनीहरुले यस्तो बताएका हुन् ।

आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झुठो आरोप गलाएर फसाउन खोजिएको बताए । डा. यादव लगायतका सांसदहरुले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रकृयामा सहभागि हुने चाहाना पनि व्यक्त गरेको उनले बताए । प्रकृयामा सहभागि हुनुभन्दा पहिले नेकपाका नेताहरुसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको बताए ।

Advertisement

अपहरणको आरोप लागेका अर्का सांसद कृष्ण श्रेष्ठ (किसान)ले आफुहरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमासंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफुहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए । ‘हामीले कल्पना समेत गरेका थिएनौँ । पूर्व प्रधानमन्त्री । झन पिएचडी गरेको मान्छे । सबैले उहाँलाई सम्मान गर्छन् । मैले सम्मान गर्छु । तर उहाँले यस्तो गम्भिर आरोप लगाउनुभयो’, डा. भट्टराईप्रति लक्षित गर्दै उनले भने ।

पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले आफुहरु विरुद्ध झुठो आरोपले आफुलाई र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताए ।

Advertisement

निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताए । दुबै उजुरीहरु एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उनले मानव अधिकार उलंघन भए/नभएको एकिन गरिने बताए । अनुसन्धान निष्पक्ष ढंगले हुने भन्दै उहाँले कानून र संविधान बमोजिम आफ्नो दायित्व पुरा गर्ने बताए ।

यसअघि आफुलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याउनुभएको थियो ।

यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top