×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

६ महिना होटल बन्द गर्ने निर्णयमा सरकार असहमत

२२ बैशाख २०७७

२२ बैशाख, काठमाडौँ ।
होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउन सक्ने चेतावनी दिएको छ । ६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि हानले यस्तो चेतावनी दिएको हो ।

आइतबार हानले ६ महिना होटल व्यवसाय बन्द गरी श्रमिकहरुलाई १२ दशमलव ५ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय गरेको थियो । हानको उक्त निर्णयप्रति असहमित जनाउँदै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हानसँग सोमबार छलफल गरेको थियो । छलफलमा हानका पदाधिकारीहरुले होटल व्यवसायी र श्रमिक दुबै पक्षका कुराहरु सम्बोधन नभए भयावह अवस्था सिर्जना हुने चेतावनी दिएका छन् ।

विश्वका धेरै होटल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती गरिरहेपनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ । अहिलेको समस्यालाई सबैले इमानदारीपूर्वक सम्बोधन गर्नुपर्ने होटल संघ नेपाल (हान) का कानूनी सल्लाहकार गान्धि पण्डितले बताए । होटल व्यवसायीहरुको समस्यामा आँखा चिम्लेर बसे अन्य क्षेत्रमा पनि आगो सल्किन सक्ने चेतावनी उनले दिए । उनले भने, ‘‘समस्यालाई सबैले इमानदारपूर्वक सम्बोधन गरेमा ठूलो समस्या हुँदैन तर आँखा चिम्लेर बस्यो भने भयावह अवस्था आउन सक्छ । यो समस्या होटल व्यवसायीहरुको मात्रै होइन अन्य क्षेत्रमा पनि सल्किन सक्छ । यसलाई समयमै सरकार र सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।’’

सोमबार हानका पदाधिकारी र सरकारी पक्षबीच ८, १० महिनासम्म होटल व्यवसाय बन्द भए के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए । लामो समय होटल व्यवसाय बन्द हुने अवस्थामा सरकारले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको उहाँले बताए । व्यवसायी र श्रमिकहरु दुबै पक्षलाई राहत पुग्नेगी सहमतिमा पुग्न सकिने संकेत आजको छलफलबाट मिलेको उनको भनाई छ । उनले भने, ‘‘समस्या होटल सञ्चालकहरुको मात्रै होइन । श्रमिक, व्यवसायी र राज्यको पनि समस्या हो । भोली बेरोजगारीको अवस्था आउन सक्छ । यसलाई त्रिपक्षीय रुपमा छलफल गरेर होटल, श्रमिक कसैलाई पनि मार नपरोस भनेर सोमबार छलफल भयो ।’’

अर्को बैठक बैशाख २९ गते बस्ने भएको छ । हानले आइतबार आगमी असोज मसान्त सम्म होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पूर्ण रुपमा होलट बन्द हुने अवस्थामा कामदारलाई १२ दशमलव ५ प्रतिशत मात्रै तलब दिने तर कामदारले त्यसमा असहमति जनाए आंशिक वा पूर्ण रुपमा कामदार कटौतीको प्रकृया सुरु गर्ने निर्णय पनि गरेको थियो । कोभिड—१९ को असर अहिले होटल व्यवसायमा पनि परेको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top