भारतमा संक्रमितको संख्या ४६ हजार नाघ्यो, एकै दिनमा ३९ सय थपिए

२२ बैशाख ७७, मंगलबार

२३ वैशाख, एजेन्सी ।
भारतमा कोरोनाको कहर बढ्दै गएको छ ।

Advertisement

अहिले सम्म त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ । हाल ३२ हजार १३८ जनामा संक्रमण सक्रिय अवस्थामा छ ।

अहिलेसम्म कोभिड–१९ बाट भारतमा १५ सय ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सयजनामा संक्रमण पुष्टि भएको छ । यस्तै १९५ जनाको कोभिड–१९ बाट भारतमा पछिल्लो २४ घण्टामा निधन भएको छ ।

Advertisement

संक्रमण फैलिन नदिनका लागि भारतमा मे १७ सम्मका लागि लकडाउन लागु गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top