×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

पुलित्जर पुरस्कारबाट भारतका तीन फोटोपत्रकार सम्मानित

२३ बैशाख २०७७

२३ वैशाख, एजेन्सी ।

विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट भारतका तीन जना फोटोपत्रकार सम्मानित भएका छन् ।

Advertisement
Advertisement

भारत सरकारको गत वर्ष ५ अगस्टमा जम्मू–कश्मीरको विशेषाधिकारसँग सम्बन्धित संविधानको धारा ३७० खारेज गर्ने निर्णयपछि कश्मीर उपत्यकामा सिर्जित परिस्थितिमा आधारित उत्कृष्ट तस्बिरहरुका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत तीनै जना फोटोपत्रकार यासीन डार, मुख्तार खान र चन्नी आनन्द जम्मू–कश्मीर निवासी हुन् । उनीहरु तीनै जना अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)मा आबद्ध छन् । पुरस्कार सोमबार राति घोषणा गरिएको हो ।

भारतको केन्द्र सरकारले धारा ३७० खारेज गर्नुका साथै उक्त राज्यलाई जम्मू–कश्मीर र लद्दाख गरी दुईवटा केन्द्र शासित प्रदेश (यूटी) मा टुक्राउने निर्णय गरेको थियो । धारा ३७० खारेजीको विरोधमा कश्मीर उपत्यकामा प्रदर्शन भएका थिए ।

त्यसो त सरकारले सम्भावित विरोध प्रदर्शनलाई रोक्न धारा ३७० खारेज हुनुअघि नै राज्यमा कफ्र्युमा लगाउने र स्थानीय राजनीतिज्ञहरुलाई पक्राउ गर्ने र नजरबन्दमा राखेको थियो । त्यसका बाबजुद पनि स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । स्थानीय प्रशासनले महिनौंसम्म कफ्र्यु लगाएको थियो । र, टेलिफोन र इन्टरनेट सेवा समेत बन्द गरिएको थियो ।

कतिपय प्रदर्शनमा हिंसात्मक झडप पनि भएका थिए । त्यस्तो तनावपूर्ण परिस्थितिमा पनि त्यहाँ रहेका सीमित पत्रकार र फोटोपत्रकारहरुले समाचार र तस्बिरहरु विभिन्न सन्चारमाध्यमका लागि सम्प्रेषण गरेका थिए । र, ती सामग्रीलाई भारतीय मात्र नभएर अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले पनि उच्च प्राथमिकता दिएका थिए ।

Advertisement

त्यस्ता सामग्री पस्किने कुरामा पुरस्कृत फोटोपत्रकारहरुका अग्रमोर्चामा थिए । उनीहरुका तस्बिरहरु धारा ३७० खारेजीपछिको कश्मीर उपत्यका र त्यहाँको जनजीवनमा आधारित थिए । सन् १९१७ मा स्थापना गरिएको पुलित्जर पुरस्कार हरेक वर्ष विश्वभरका पत्रकारिता, नाटक र संगीतको क्षेत्रमा योगदान पुऱ्याए प्रदान गरिँदै आएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top