लकडाउनको विपक्षमा उभिए गृहमन्त्री रामबहादुर थापा

२३ बैशाख, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापाले लक डाउन जारी रहे जनतामा तिब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लक डाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लक डाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताए ।

उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तसहित खोल्न नसके कोरोना भन्दा ठूलो संकट पैदा हुने उनको भनाइ छ । संसदको कानून न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै थापाले भने, ‘‘कोरोना संकटलाई तोड्न विश्वले लक डाउन, आइसोलेसन, सामाजिक दुरी कायमगर्ने रणनीति लिएको छ । तर अबउत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तहरुसहित सामाजिक दुरी कायम गरेर लक डाउन खोल्नुपर्छ । लक डाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन । आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ ।’’

थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दुरी कायमगर्दै सुचारु गर्नुपर्ने बताए । आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्यगर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडी बढ्नुपर्ने गृहमन्त्री थापाले बताए । बेरोजगारी, शहरबाट गाउँफर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उनले उल्लेख गरे । समिति बैठकमा लकडाउन खुलुलो पार्नुपर्ने उल्लेख गरेपनि कुन मोडालिटी हुने र के सर्त हुने भन्ने विषयमा भने केही बताएनन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top