विराटनगरबाट ६ जना संक्रमित डिस्चार्ज हुँदै, डिस्चार्जपछि रानीमा राखिने

२३ बैशाख, विराटनगर ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज हुने भएका छन् । सामाजिक विकास मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले ६ जनालाई बुधबार विहान ८ वजे डिस्र्चाज गरिने बताए ।

वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जना कोरोना संक्रमित मध्ये ६ जनामा स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेले बताए । तीन पटक सम्म उनीहरुको स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टी गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको उनले बताए । डिस्चार्ज गरिने सवै भारतीय नागरिकहरु रहेका छन् ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् । डिस्चार्ज हुने सवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले बताए । डिस्चार्ज हुने सवैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखीने मन्त्री घिमिरेले बताए ।

Advertisement

डिस्चार्ज हुनेहरुको रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार विहान डिस्चार्ज गरिने लागेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् ।क्वारेन्टाईनको स्थलगत निरीक्षण गरिएको मेसु मिश्राले बताइन् । १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखीने तयारी भएको उनले बताईन् । कोभिड अस्पतालमा उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताइन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top