भारतमा रहेका नेपालीलाई यथास्थानमा बस्न दूताबासको अपिल

२३ बैशाख, काठमाडौं । भारतमा रहेका नेपालीहरुलाई यथास्थानमै बस्न नेपाली दूतावासले आग्रह गरेको छ ।

Advertisement

जुनसुकै उद्येश्यले भारत गएको भए पनि यस्तो सङ्क्रमणको बेला यथास्थानमा बस्न दूतावासले आग्रह गरेको हो ।

सीमा नाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछि लागेर नेपाल फर्कने प्रयास नगर्न पनि दूतावासले सचेत गराएको छ ।

Advertisement

भारतमा रहेका नेपालीहरुको अवस्थाबारे जानकार भएको भन्दै दूतावासले समाधानका उपायहरु अपनाइरहेको जनाएको छ ।

भारतमा बस्दा समस्या परेमा दूतावासको हटलाइन नम्बर ८९२९६०१९२५, ०११ २३४७६२०० ०११२३३२७३६१ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top