लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

cabinet

२४ बैशाख, काठमाडौं । पछिल्लो पटक थपिएको लकडाउनको म्याद सकिनै लाग्दा आज(बुधबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।बैठकले कोरोना नियन्त्रणका लागि जारी लकडाउनका विषयमा थप निर्णय गर्ने बताइएको छ ।

पछिल्लो पटक लम्ब्याइएको लकडाउनको समय भोलि सकिन लागेकाले फेरि लकडाउन बढाउने वा नयाँ मोडालिटी अपनाएर सुरक्षित रुपमा जनजीवन सहज बनाउने भन्ने बारेमा आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको हो ।

यसअघि हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरिय समन्वय समिति बैठकले पनि सरकारलाई लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकालेको थियो ।

विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा हालसम्म ८२ जना संक्रमित भएका छन् । जसमध्ये १६ जना उपचारपछि निको भएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top