२४ बैशाख, बझाङ । बझाङ जिल्लाका स्थानीय तहले यार्सा संकलनमा रोक लगाएको छ ।
जिल्लाको साईपाल गाँउपालिका, सूर्मा गाँउपालिका, बुंगल नगरपालिका लगायतका स्थानीय तहले यार्सा संकलनमा रोक लागएका हुन् ।
कोरोना भाइरस रोगथामका लागि भन्दै सरकारले देशभरि लकडाउन लागु गरेसँगै यहाँका स्थानीय तहहरुले यार्सा संकलनमा रोक लगाएका हुन् ।
स्थानीयको मुख्य आय स्रोतको रुपमा रहेको यार्सा संकलनमा रोक लगाउँदा आर्थिक संकट आउन सक्ने साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए ।
स्थानीयहरुले ३ महिना यार्सा संकलन गरेर वर्ष दिनका लागि खानाको जोहो, बालबालिकाको पढाई खर्चका साथै विभिन्न घरायसी खर्चहरुको समेत जोहो गर्दै आएका छन् ।