इटलीलाई उछिन्दै यूकेमा युरोपकै सबैभन्दा बढी मृत्यु

२३ बैशाख ७७, बुधबार

२४ वैशाख, एजेन्सी ।
यूकेमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।

यूकेभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद् भनेका छन्। यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट २९,३१५ जनाको मृत्यु भएको छ।

इटली र यूकेमा मृत्यु भएका व्यक्तिहरू कोरोनाभाइरस परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन्। बीबीसीका तथ्याङ्क प्रमुख रोबर्ट काफीका अनुसार ब्रिटेनमा मृतकको सङ्ख्यामा इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको छ। तर यो तुलनामा त्रुटि पनि रहेको उनको तर्क छ किनकि यूकेको जनसङ्ख्याको आकार इटलीकोभन्दा १० प्रतिशतले ठूलो छ।

Advertisement

हरेक देशमा परीक्षणको दर फरक छ, आजको मितिसम्म इटलीमा यूकेमा भन्दा बढी सङ्ख्यामा परीक्षणहरू भइरहेका छन्। कोरोनाभाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री राबले देशमा २९,४२७ जना व्यक्तिले ज्यान गुमाएको बताए। यो स्तरमा यसरी देशले ठूलो विपद्‌ कहिल्यै नदेखेको उनको भनाइ थियो।

अहिल्यै अन्तर्राष्ट्रिय रूपमा तुलना गर्न नहुने उल्लेख गर्दै राबले भने, कुन देशले कस्तो गरिरहेको छ भन्नेबारे महामारी सकेपछि मात्रै हामीले वास्तविक नतिजा पाउन सक्छौँ र खासगरी मृत्युका सबै कारणबारे अन्तर्राष्ट्रिय तथ्याङ्क नपाएसम्म भन्न सकिँदैन। क्याम्ब्रिज विश्वविद्यालयस्थित प्राध्यापक डेभिड स्पिगलहाल्टर कुनै पनि देशले महामारीलाई लिएर राम्रो नगरेको दाबी गर्छन्।

Advertisement

उनी भन्छन्, हामीले यो कुरा भन्न सक्छौँ कि यी कुनै पनि देशले राम्ररी गरिरहेका छैनन्, तर क्रम सङ्ख्याका आधारमा देशहरूलाई राख्नुको कुनै अर्थ छैन। बीबीसीका स्वास्थ्य संवाददाता निक ट्रिगल भन्छन्, यो बुद्धिमत्ताको क्षण हो।

इटली युरोपको पहिलो हिस्सा थियो जहाँ तीव्र गतिमा सङ्क्रमण फैलियो र बिरामीले अस्पताल भरिए जसले स्तब्ध र विश्वास गर्नै नसक्ने बनायो। तर सङ्ख्याको व्याख्या कसरी गर्ने भन्नेबारे हामी सचेत हुनुपर्छ। दुवै देशले अस्पताल र समुदायमा भएका मृत्युलाई गणना गरेका छन्। -बीबीसी

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top