२४ वैशाख, काठमाडौं ।
लक डाउनकाकारण निर्माणकार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् ।
लक डाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्दभएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ । लक ढडाउनपछि रोकिएका कामहरु सुचारु गर्न जनप्रतिनिधिहरुले नै चासो देखाउन थालेका छन् । काम स्थगित भएको काठमाडौं महानगरपालिकाअन्तर्गतको चमती जग्गा एकीकरण आयोजनाको निर्माण कार्य सुचारु गर्न सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पहल थालेका छन ।
राज्यमन्त्री मानन्धरको पहलमा निर्माण सामग्री ढुवानीका लागि निर्माण कम्पनीलाई सवारी पास उपलब्ध गराइएको छ । समयमै कम सम्पन्नगर्ने प्रतिवद्धता पुरा गर्न सातदिने सवारी पास उपलब्ध गराइएको उनले बताए ।
काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहेका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले पास उपलब्ध भएपछि निर्माण कार्य अगाडी बढ्ने संकेत देखिएको बताए । लक डाउनका कारण रोकिएको कामअब समयमै सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे ।
निर्माण कम्पनी गौरीसंकर हिमालय कन्सट्रक्सनका दिलिपबहादुर मोक्तानले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । २०७६ जेठमा सम्झौता भएको आयोजना २ वर्षभित्र सम्पन्न गरिसक्नु पर्ने छ । २४ करोडमा ठेक्का सम्झौता भएको छ ।