विदेशिएका नेपाली ल्याउनु अघि स्वास्थ्य पूर्वाधार चुस्त राख्न सरकारलाई सुझाव

२४ बैशाख, काठमाडौँ ।
विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनु भन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखाँै नेपाली स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् ।

संसद अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरुले भारतीय सीमा क्षेत्रमा डेढ महिना देखि नागरिकहरु बसिरहेको भएपनि सरकारले प्रवेश निषेध गरेको भन्दै असन्तुष्टि समेत जनाएका छन् । सांसद माधवकुमार नेपालले स्वदेश फर्किन चाहाने विदेशमा रहेका नेपाली नागरिकलाई ल्याउनुपर्ने बताए । लामो समय क्वारेन्टाइनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकहरुलाई नेपाल ल्याउन सकिए राम्रो हुने उनको भनाई छ ।

सांसद भीम रावलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुस चरित्र भएको भएको बताए । डेढ महिनासम्म सीमा क्षेत्रमा रहेका नागरिकहरुको स्वास्थ्य जाँच गरी नेपाल ल्याउनुपर्ने उनले बताए । उनले भने, ‘‘सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई के कारणले रोक्नुप¥यो ? यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादा विपरितको काम बन्द गरियोस् । भारतमा रहेका व्यक्तिहरुलाई त्यतीकै ल्याउनुहोस् भनेर कसैले भनेको छैन । जुन व्यक्तिमा संक्रमण छैन त्यसलाई ल्याउनुहोस् । यहाँ ल्याएर कतिदिन क्वारेन्टाइनमा राख्नुपर्ने हो राख्नुहोस् । अन्य देशले ग्रिन कार्ड र पिआर भएका व्यक्तिलाई पनि आफ्नो देश फर्काइरहेका छन् भने हाम्रो देशले ४५ दिनसम्म आफ्ना नागरिक ल्याउन नसक्नु निरङ्कुस र अलोकतान्त्रिक चरित्र हो ।’’

Advertisement

सांसद पुष्पा भूसालले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै प्रश्न गरिन् । स्वदेश फर्किन चाहाने नागरिकहरुलाई सुरक्षित रुपमा भित्र्याउन सरकारी पूँजी खर्च गर्न सरकार हुनुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘‘हामीविदेशी रेमिट्यान्सबाट तलब, भत्ताखाने तर तिनै नागरिकहरुलाई नेपाल भित्र्याउन नसक्ने ?उनीहरुलाई सुरक्षीत नेपाल भित्र्याउन सरकारी पूँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ की छैन ? ’’

सांसद दिव्यमणि राजभण्डारीले विदेशमा रगत पसिना बगाएर रेमिट्यान्स पठाउने नागरिकलाई स्वदेश ल्याउन नसक्ने के सरकार भन्दै प्रश्न गरे । उनले भने, ‘‘द्वन्दका कारण वर्षाँैसम्म हामी रेमिट्यान्समा बाँचिरहेका छौँ । त्यही हाम्रा दाजुभाइदिदीबहिनीले रगत, पसिना बगाएर कमाएको पैसाबाट बाँचिरहेका छौँ । उनीहरुलाई नेपाल आउने व्यवस्था गर्न नसक्ने के सरकार ?जनपक्ष र समाजवादको कुरा गर्ने तर आवश्यकता परेको बेला जनतालाई सेवा दिननसक्ने के सरकार ?’’

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिले ४ लाखभन्दा बढी नागरिकले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । समिति बैठकमा मन्त्रालय प्रस्तुत गरेको प्रतिवेदनमा ४ लाख ७ हजार नागरिक नेपाल फर्किन सक्ने आंकलन गरिएको छ । कोरोनाका कारण रोजगारी गुमाएका २ लाख ८ हजार र भिसा म्याद सकिएको र आममाफी पाएका १ लाख २७ हजार नागरिक नेपाल फर्किन चाहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top