नेकपाको स्थायी कमिटी बैठक अनिश्चित, दुई अध्यक्ष छलफलमा

२४ बैशाख, काठमाडौँ ।

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठकका एजेण्डा तयार पार्न बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको हो ।

सचिवालय बैठकले कुनै निर्णय गर्न नसक्दा बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठक समेत अनिश्चित बनेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको सचिवालय बैठकले कुनै निर्णय नगरेको बताए । स्थायी कमिटी बैठकका विषयमा भने दुई अध्यक्ष बसेर कार्यसूची तयार गर्ने वा बैठक नै के गर्ने भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।

Advertisement

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बिचमै छाडेर गएका थिए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको व्यस्तता र स्वास्थका कारण बैठकबाट निस्किएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top