×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

पूर्वअर्थमन्त्रीहरुको सुझाव : ‘कोरोनाको असरलाई अवसरका रुपमा बदलौं ’

२५ बैशाख २०७७

२५ बैशाख, काठमाडौँ ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासका लागि कोभिड–१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् । कोभिड—१९ बाट आएको यो संकटलाई पूर्ननिर्माण र नव निर्माणको अवसरका रुपमा परिणत गरी अर्थतन्त्रलाई नयाँ मोडमा लैजानुपर्ने भट्टराईले बताए ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले निजी क्षेत्र र सरकारको सामुहिक सहकार्यबाट नै समस्याको समाधान सम्भव रहेको बताए । एक अर्कालाई माग तेस्र्याउनु भन्दा पनि सबैले देशको स्रोत साधनको उपलब्धताको अवस्था र निरपेक्ष विकासको अवस्था हेरेर अगाडी बढ्नुपर्ने उनले बताए । कोरोनापछि विश्वको अर्थतन्त्र जसरी पूर्नसंरचना हुन्छ त्यही ढंगले राष्ट्रिय रणनीति बनाएर निजी क्षेत्र र राज्यले सहकार्य गर्न सकेमात्रै लाभ लिन सकिने उनले बताए ।

Advertisement
Advertisement

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बढी जोखिममा रहेका र कम जोखिममा रहेका व्यवसायीहरुको सूची बनाएर समितिमा दिन आग्रह गरे । निष्पक्ष ढंगले जोखिमका क्षेत्रहरु सूचीकरण भए सरकारलाई त्यही आधारमा प्राथमिकता बनाएर राहत दिन आग्रह गर्न सकिने उनले बताए ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विदेशबाट लाखौ नेपाली स्वदेश फर्किदा बेरोजगारी बढ्ने र रेमिट्यान्स घट्ने भएकाले स्वदेशमै आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने विषयमा सोच्ने बेला भएको बताए । नेपालमा उत्पादन गर्न सकिने अवस्था भएपनि अहिले वर्षमा २३ अर्बको चामल, १५ अर्ब बढीको तरकारी र ११ अर्बको फलफुल बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उनले बताए । विदेशबाट अर्बौ रुपैयाँका उपभोग्य सामान आयात गर्नुको सट्टा आत्मनिर्भर हुनेतर्फ ध्यान दिनुपर्ने सुझाव उनले दिए ।

Advertisement

बैठकमा उद्योगी व्यवसायीहरुले सबैभन्दा बढी समस्या पर्यटन क्षेत्रमा परेको बताएका छन् । यस्तै अन्य उत्पादन मुलक उद्योगहरु पनि सञ्चालन हुन नसक्दा समस्या भएको उनिहरुले बताए । सरकारले छिट्टै रहतको प्याकेज नदिए उद्योग पुन सञ्चालन गर्ने अवस्था नहुने र लाखौंको संख्यामा रहेका श्रमिकहरु बेरोजगार बन्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । छलफलमा उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ, घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top